शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा

मङ्गलबार, १२ साउन २०७८, १० : ४८
मङ्गलबार, १२ साउन २०७८

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् । बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासबाट भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । 

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नियमित चेकजाँचका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पताल गएको बताए । ‘नियमित चेकजाँचका लागि उहाँ जानु भएको थियो । उहाँ राष्ट्रपति निवास फर्किसक्नु भएको छ’, मंगलबार पौने ११ बजे उनले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप