शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैङ्कका ५ निर्देशन, ५ असर : बैङ्कर ज्ञवालीको विश्लेषण

मङ्गलबार, १२ साउन २०७८, ११ : ०७
मङ्गलबार, १२ साउन २०७८

नेपाल राष्ट्र बैङ्कले सोमबार नयाँ निर्देशिका जारी गरेको गरेको छ । नेपाल राष्ट्र बैङ्कद्वारा जारी निर्देशन र यसको बैङ्किङ क्षेत्रमा पर्ने असरबारे नबिल बैङ्कका डिजीएम मनोज ज्ञवालीले विश्लेषण गरेका छन् ।

१. असल वर्गमा वर्गीकरण रहेका कर्जाहरूमा हाल १% कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने मा अब १.३०% कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने। 

असर: यसले गर्दा हाल कायम रु. ४१.५ खर्ब मध्य खराब कर्जा, watchlist को कर्जा र पुनर्तालिकीकरण गरिएका कर्जा घटाउँदा रु. ३९ खर्ब मा थप ०.३०% नोक्सानी व्यवस्था गर्दा रु ११.७ अर्ब थप कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने देखिन्छ। यसले बैङ्किङको खुद मुनाफा रु ७.४ अर्ब ले घट्ने देखिन्छ। बढी कर्जा रकम रहेका बैङ्कहरूको मुनाफामा आ.ब. २०७७/७८ मा बढी असर पर्ने देखिन्छ।

२. कोरोना प्रभावित व्यवसायलाई नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुरूप नै थप गरिएको चालु पुँजीको २०% र आवधिक कर्जाको १०% को हकमा निर्धारित समयमा भुक्तानी हुन नसकेमा ५% कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ। भुक्तानी अवधि १ वर्ष सम्म थप गर्न सक्नेछ।

असर: यसले गर्दा २५% वा सो भन्दा बढी कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएका कर्जाहरू पनि ५% कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुँदा मुनाफामा सकारात्मक असर नै पर्ने देखिन्छ। भुक्तानी नियमित भएका कर्जाहरूमा असल कर्जा जस्तै १.३०% गरे पुग्ने देखिन्छ।

३. आ.ब. २०७७/७८ को अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशित गर्न साउन मसान्तसम्म सम्म समय थप।

असर:  बैङ्किङले वित्तीय वितरण प्रकाशित गर्न थप समयावधि पाउने हुँदा खराब कर्जा व्यवस्थापनमा सहजता हुने, असुलीमा समयावधि थप प्राप्त हुनेछ ।

४. २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकमलाई असुल गर्ने समयावधि भदौ १५ गते सम्म दिने ।

असर : बैङ्किङ ले वित्तीय वितरण प्रकाशित गर्न थप समयावधि पाउने हुँदा खराब कर्जा व्यवस्थापनमा सहजता हुने र बैङ्किङको वितरणयोग्य मुनाफामा वृद्धि हुनेछ।

५.कर्मचारीको दक्षता अभिवृद्धिको लागी गर्नुपर्ने कूल तलब भत्ता खर्चको ३% रकम खर्च गर्नुपर्ने व्यवस्था २०७७/७८ को लागी अनिवार्य नहुने।

असर: कोरोनाको बेलामा तालिम खर्च हुन मुस्किल हुने अवस्थालाई सहजता प्रदान गर्दा बैङ्किङको मुनाफामा सकारात्मक असर पर्नेछ ।

५. आ.ब.२०७७/७८ को लाभांश वितरण गर्दा खुद वितरणयोग्य मुनाफाको ३०% वा २०७८ असार मसान्तमा कायम निक्षेप को भारित औसत दरको प्रतिशत भन्दा बढी नहुने गरि वितरण गर्न सकिने। यस्तो वितरण योग्य मुनाफा ५% भन्दा कम भएमा कर प्रयोजनको लागी बाहेक नगद लाभांश वितरण गर्न नपाउने।

असर: बैङ्किङ को लाभांश नगदको साटो बोनस शेयरको रूपमा निर्णय हुनेछ । गत वर्ष कै व्यवस्था कायम रहेको छ । बैङ्किङको निक्षेपको औसत भारित ब्याजदर ४.७५% रहेको छ । यसर्थ नगद लाभांश ५% को हाराहारी मात्रै रहने देखिन्छ।

लघुवित्त संस्थाहरूले २०% भन्दा बढी लाभांश वितरण गर्दा २०% भन्दा माथिको रकमको ५०% साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थप गरिएको र पहिलाको २५% CSR मा राख्नुपर्ने व्यवस्था हटाइएको छ। यसले लाभांश वितरणमा यस आ.ब.मा बढी लाभांश दिन सक्ने MFIs हरुले २०% भन्दा बढी नदिने निर्णय गर्न सक्नेछन् यसो भएमा पनि MFIs को सञ्चिती नै बढ्नेछ जसले गर्दा आगामी आ.ब. मा प्रति शेयर आम्दानी वा लाभांश मा सकारात्मक असर पर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप