शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेलको विश्लेषण : राष्ट्र बैङ्कको नयाँ व्यवस्थाले सेयर बजारका लगानीकर्ता झनै सुरक्षित

मङ्गलबार, १२ साउन २०७८, ११ : १५
मङ्गलबार, १२ साउन २०७८

नेपाल राष्ट्र बैङ्कले सोमबार नयाँ निर्देशिका जारी गरेको गरेको छ । नेपाल राष्ट्र बैङ्क जारी निर्देशन र यसको बैङ्किङमा पर्ने असरबारे सेयर बजारका विज्ञ अम्बिका पौडेलले यसरी विश्लेषण गरेका छन् :

प्रत्यक्ष रूपमा हेर्दा ०.३० प्रतिशत थप कर्जा व्यवस्थाले वितरण योग्य नाफामा असर पर्ने देखिए पनि यसै निर्देशनले व्यवस्था गरेको थप सुविधा (आषाढ मसान्तसम्म पाकेको उठ्न बाकी व्याज रकम भाद्र १५ गते सम्म उठेमा व्याज आम्दानी बाँध्न पाउने व्यवस्था, साबिकमा २५ प्रतिशत सम्म कर्जा व्यवस्था गर्नु पर्ने केही ऋण रकममा ५ प्रतिशत मात्र कर्जा नोक्सान व्यवस्था गरे हुने) ले वितरण योग्य नाफालाई खासै असर नपर्ने देखिन्छ। 

यो व्यवस्थाले बैङ्क तथा वित्तीय संस्थालाई आषाढ मसान्त सम्मको उठ्न बाँकी व्याज उठाउन प्रेसर पर्ने छ भने थप प्रोभिजनले संस्थालाई थप मजबुत हुने देखिन्छ र कोभिडको कारण मर्कामा परेका व्यवसायीहरूको ऋणमा गर्नु पर्ने ५ प्रतिशतको प्रोभिजनले केही हदसम्म ऋणीलाई समेत राहत( निरन्तर हुने ताकेता) हुनेछ।

​बैङ्क तथा वित्तीय संस्थाले आर्जित नाफाबाट सरकारलाई बुझाउने लाभांश कर बाहेक सकेसम्म संस्थाबाट नगद बाहिर नजाओस् भन्ने मनसायले नगद लाभांश ( वितरण योग्य मुनाफाको ३० प्रतिशत / ५ प्रतिशत भन्दा कम नहुने / निक्षेपको औसत भारित व्याज दर भन्दा बढी नहुने) व्यवस्थाले सम्भवतः पूर्ण रूपमा नगद लाभांशलाई निरुत्साहित गरेकोले बोनस शेयरलाई प्रोत्साहन गरेको देखिन्छ।

लघु वित्त कम्पनीहरूको हकमा २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा बाँकी रहेको रकममा ५० प्रतिशत थप रिजर्भमा राख्नु पर्ने व्यवस्था (साबिकमा २५ प्रतिशत) ले लाभांशमा केही कमी भए पनि संस्थाहरू थप मजबुत हुने देखिन्छ। 

समग्रमा आजको निर्देशनले बैङ्क वित्तीय संस्थालाई थप मजबुत बनाउने र पुँजी बजारका लगानीकर्ताहरूको लागि बैङ्क वित्तीय संस्थाको लगानी अझै सुरक्षित भएको महसुस भयो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप