शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यदलको १० बुँदे प्रस्ताव परिष्कृत गर्नुपर्छः युवराज ज्ञवाली

मङ्गलबार, १२ साउन २०७८, ११ : १८
मङ्गलबार, १२ साउन २०७८

नेकपा एमालेको माधव समूहका नेता युवराज ज्ञवालीले यसअघि एमाले कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव परिष्कृत गरेरमात्रै पार्टी एकता हुने बताएका छन् ।
उनले माधव नेपाल समुह हरसम्भव उपायबाट एमाले एकताको पक्षमा उभिने पनि प्रस्ट पारेका छन् ।

‘यसअघि कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई थप अपडेट र परिष्कृत गरेर सहमति खोज्नुपर्छ । त्यसो गरियो भने एमाले एकता सम्भव छ’, ज्ञवालीले रातोपाटीसँग भने, ‘एमालेलाई दक्षिणपन्थी भासबाट जोगाउन पनि पार्टी एकता जरुरी देखियो त्यसका लागि १० बुँदेलाई परिस्कृत गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

उनले १० बुँदेलाई परिस्कृत गर्न सोमबारबाटै गृहकार्य थाल्न वरिष्ठ नेता माधव नेपालले निर्देशन दिएको र नेताहरु लागिसकेको बताए । ‘हिजोबाटै गृहकार्य सुरु गर्न वरिष्ठ नेताले पनि भनिसक्नुभएको छ अरु नेताहरु पनि त्यसतर्फ लागिसक्नुभयो । जतिसक्दो चाडो गृहकार्य गरेर पार्टी एकता निष्कर्षमा पुर्याउनुपर्छ भन्ने भन्नेमा कुनै विवाद छैन’ज्ञवालीको भनाइ छ ।

उनले नेकपा एमालेलाई दक्षिणपन्थी भासबाट जोगाएर क्रान्तिकारी धारमा लैजानुपर्ने भन्दै रुपान्तरण जरुरी भएको बताए । एमाले उपाध्यक्ष समेत रहेका ज्ञवालीले भने ‘त्यसका लागि हाम्रो सोमबार सम्पन्न स्थायी समिति बैठकले पनि हरसम्भव उपायबाट पार्टी एकतालाई जोड दिने निर्णय गरेको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप