शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओरालो लाग्यो सुनको मूल्य

मङ्गलबार, १२ साउन २०७८, ११ : २०
मङ्गलबार, १२ साउन २०७८

मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । 

गत सोमबार बजारमा प्रतितोला एक सय रुपैयाँले बढ्दै सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले नै घट्दै ९१ हजार ३०० रुपैयाँमा कायम भएको छ । 

यता, चाँदीको मूल्य भने आज मंगलबार पनि स्थिरता कायम हुँदै प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप