बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

'क्रस ब्रिडिङ्ग'बाट जन्मियो अन्धो कुकुर, स्वार्थी मालिकले घरबाट निकालिदिए

मङ्गलबार, १२ साउन २०७८, १२ : १३
मङ्गलबार, १२ साउन २०७८

मानिस यति धेरै लालची भइसक्यो कि उसका गल्तीहरुको सजाय निर्दोष जनावरले पनि भोग्नु परिरहेको छ । केही मानिसहरु पैसा कमाउने स्वार्थमा यतिसम्म गिर्नसक्छन् । 

आजकल कुकुरको क्रस ब्रिडिङ्ग निकै लोकप्रिय भइसकेको छ । अमेरिकामा एक मानिसले पनि कुकुरको क्रस ब्रिडिङ्ग गराए । त्यसपछि एउटा सानो छाउरो जन्मियो ।

क्रस ब्रिडिङ्गमा गडबड
सामाजिक सञ्जालमा फेसबुकमा फ्लफी डग रेस्क्यु नामक एक पेज छ । यस पेजमा एउटा प्यारो छाउरोको फोटो हालिएको छ र क्रस ब्रिडिङ्गको असफलताबारे चर्चा गरिएको छ । यो छाउरोको जन्म अमेरिकाको टेनसी राज्यस्थित नासभिल्लीमा भएको थियो । यसका बाबु–आमा अलग–अलग प्रजाती (सेच्नाउज्र र ह्विटेन टेरियर प्रजाती ) का हुन् ।  यी कुकुरका मालिकको लक्ष्य विश्वकै सबैभन्दा सानो कुकुर जन्माउने थियो ।

तर, यो प्रयोग सफल भएन । यो छाउरो जन्मदैं निकै कमजोर र अन्धो थियो । यसको कमजोर हालत देखेपछि मालिकले पाल्नुको साटो यसलाई घरबाट बाहिर फ्याँकिदिए । तर, यो छाउरोको भाग्य राम्रै थियो । तर फ्लफी डग रेस्क्यु नामको एक टिमको नजर  यसमा प¥यो । उनीहरुले यस छाउरोलाई आफुसँगै ल्याए । 

अहिलेसम्म यसको हेरविचार गरिरहेका छन् । त्यसपछि यो छाउरो केही स्वस्थ भएको छ र  यसको तौल पनि केही बढेको छ । जेहोस्, मानिसको गल्तीको सजाय यो कुकुरले भोग्नुप¥यो, यसमा कुनै दुविधा छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप