शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर र दक्षिण कोरियाबीच हटलाइन सेवा पुनः सुचारु

मङ्गलबार, १२ साउन २०७८, १३ : ३८
मङ्गलबार, १२ साउन २०७८

उत्तर र दक्षिण कोरियाबीच फेरि हटलाइन सेवा सुरु भएको छ । उत्तर कोरियाले पछिल्लो वर्षको जुनमा दुई देशबीचको हटलाइन सेवा बन्द गरेको थियो । दक्षिण कोरियाका राष्ट्रपति कार्यालयका अनुसार दुई देशका प्रमुखले फेरि भरोसा बनाउन र सम्बन्ध सुधार गर्न सहमति जनाएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार दुई देशका प्रमुखबीच अप्रिल यता थुप्रै पटक पत्र आदान–प्रदान भइसकेका छन् । उत्तर र दक्षिण कोरियाबीच एक बैठक असफल भएपछि दुई देशबीचको सम्बन्ध खराब बनेको थियो । त्यसपछि उत्तरले सन् २०२० को जुनमा हटलाइन सेवा बन्द गर्ने फैला गरेको थियो ।

दुई देशबीच सन् २०१८ मा सम्बन्ध सुधारको प्रयास सुरु भएको थियो । त्यसबेला दक्षिण कोरियाली राष्ट्रपति मून जे–इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबीच तीन पटक भेटघाट भएको थियो ।

तर, किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो बैठक असफल भएपछि उत्तर र दक्षिणको सम्बन्ध पनि चिसिएको थियो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप