शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२८ सहकारीलाई कृषि ढुवानीका साधन प्रदान

मङ्गलबार, १२ साउन २०७८, १३ : ४४
मङ्गलबार, १२ साउन २०७८

कृषिलाई थप व्यवसायीकरण बनाउने उद्देश्यले विभिन्न जिल्लाका २८ वटा सहकारी संस्थालाई कृषि ढुवानी साधन प्रदान गरेको छ ।

 आज बुटवलमा एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न जिल्लाका महिला सहकारीलाई बोलेरो जीप प्रदान गरेका छन् ।

 कृषि उत्पादनको ढुवानी तथा बजारीकरणमा सहजताका लागि लुम्बिनी प्रदेशका १२ वटा सहकारीसहित अन्य विभिन्न प्रदेशका सहकारी २८ वटा संस्थाहरुलाई प्रदान गरेको हेफर इन्टरनेशनल नेपाल नामक संस्थाले  जनाएको छ ।

सहकारी संस्थाका प्रतिनिधिहरूलाई कृषि एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले कृषिको उत्पादन बृद्धिसँगै बजारीकण  लागि काम गरिरहको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप