मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पिकमा सकियो नाओमी ओशाकाको यात्रा

मङ्गलबार, १२ साउन २०७८, १३ : ४८
मङ्गलबार, १२ साउन २०७८

उद्घाटन समारोहमा ओलम्पिक दीप प्रज्वलन गरेकी जापानी सुपरस्टार नाओमी ओशाका चेक गणतन्त्रकी मार्केटा भोन्डरोसोभासँग घरेलु मैदानमा सोझो सेटमा पराजित भएकी छिन् । चारपटककी ग्रान्स स्लाम विजेता ओशाका ओलम्पिकको महिला एकलतर्फको स्पर्धाअन्तर्गत तेस्रो चरणमा ६–१ र ६–४ ले पराजित भएकी हुन् । 

युएस ओपन र अस्ट्रेलियन ओपनकी विजेता ओशाकाले हार्ड कोर्टमा खेलिएका पछिल्ला २६ मध्ये २५ खेल जितेकी थिइन् । तर, मंगलबार ४२ औं वरियताकी मार्केटा भोन्डरोसोभाले दोस्रो वरियताकी ओशाकालाई सहजै माथ खुवाइन् । 

पहिलो दुई राउन्डका खेलहरु सहजै जितेपछि ओशाकालाई स्वर्ण पदकको दाबेदार ठानिएको थियो । तर, उनले स्वभाविक खेल्न सकिनन् । यसअघि नै शीर्ष वरियताकी अस्लेईग बार्टी प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिइसकेकी छिन् । 

ओशाकालाई हराएकी भोन्डरोसोभाले अब अन्तिम आठमा स्पेनकी पाउला बादोसा वा अर्जेन्टिनाकी नादिया पाडोरोस्कामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप