बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

६३ हजार जनसंख्याको देशलाई यी खेलाडीले जिताइन् ओलम्पिक स्वर्ण

मङ्गलबार, १२ साउन २०७८, १३ : ५२
मङ्गलबार, १२ साउन २०७८

ओलम्पिक खेलकुदमा फ्लोरा डुफीले बर्मुडालाई पहिलो स्वर्ण जिताउँदै इतिहास रचेकी छिन् । उनले ट्रायाथलोनत स्वर्ण जितेकी हुन् । 

ओलम्पिक स्वर्ण जित्ने थोरै जनसंख्याको देशका रुपमा अब बर्मुडाको नाम रहनेछ, यहाँको जनसंख्या केवल ६३ हजार छ ।  ३३ वर्षीय डुफीले आफ्नो चौथो ओलम्पिक सहभागितामा देशलाई स्वर्ण जिताएकी हुन् । उनले १ घण्टा ५५ मिनेट ३६ सेकेन्डमा ट्रायाथलोन पूरा गरिन्, दोस्रो स्थानमा आएकी बेलायती जर्जिया टेलर ब्राउन उनीभन्दा एक मिनेटले पछि थिइन् । 

ओलम्पिकमा पदक जित्ने थोरै जनसंख्याको देशका रुपमा यसअघि नै बर्मुडाको नाम दर्ज थियो । तर, अब स्वर्ण जित्ने देशका रुपमा यो नाम दर्ज हुनेछ । १९७६ मा क्लेरेन्स हिलले बक्सिङतर्फ बर्मुडालाई कास्य पदक जिताएकी थिइन्, ओलम्पिकमा बर्मुडाको यो पहिलो पदक थियो । ‘म विगत पाँच वर्षदेखि निकै दबाबमा थिए । मलाई कहिल्यै ओलम्पिकको दाबेदारका रुपमा लिइएन, तर आज त्यसको मुल्य मिलेको छ । मलाई लाग्छ पुरै बर्मुडा पागल बनेको छ । मलाई थाहा थियो, यो मेरो सपना हो । तर, यो सपना मभन्दा ठूलो छ भन्ने पनि थाहा थियो,’ स्वर्ण जितेपछि उनले भनिन् । 

डफीलाई किशोरावस्थामा बेलायतको टिमबाट खेल्न पनि प्रस्ताव आएको थियो । तर, उनले त्यसलाई खारेज गरिन् । उनले यसअघि २०१८ मा कमनवेल्थ खेलकुदमा स्वर्ण जित्ने बर्मुडाकी पहिलो महिलाको किर्तिमान राखेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप