शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपसभामुखको निर्वाचन यथाशीघ्र गर्न प्रतिनिधिसभामा उठ्यो माग

मङ्गलबार, १२ साउन २०७८, १३ : ५४
मङ्गलबार, १२ साउन २०७८

 प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन यथाशीघ्र गर्न माग उठेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले लामो समयदेखि उपसभामुख पद रिक्त रहेको भन्दै यथाशीघ्र उपसभामुखको निर्वाचन गरियोस् भन्ने माग गरे ।

उनले संसद बैठक निरन्तर गर्न पनि माग गरे । एउटा बैठक बसेको ५÷६ दिनमा मात्र अर्को बैठक बस्ने गरेको भन्दै उनले बैठकलाई नियमित रुपमा निरन्तर गर्न माग गरे ।

‘विधेयकहरुमा छलफल हुन सकेको छैन,’ उनले भने, ‘समितिहरुमा छलफल हुन सकेको छैन । संसदलाई बिजनेस दिन सक्दैनौं, काम दिन सक्दैनौं भने किन पुनर्स्थापना गरेको ?’

उनले प्रचलित कानुनले व्यवसायीहरुलाई सांसद बन्न नरोकेको चर्चा गर्दै अहिले र यसअघि पनि व्यवसायको पृष्ठभूमि रहेका व्यक्तिहरु सरकारमा सामेल हुँदा विभिन्न खालको टिप्पणी हुने गरेको चर्चा गरे । व्यवसायीहरु सांसद बन्न वा मन्त्री बन्न उचित हो या होइन भन्नेबारे पनि संसदले पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो ।

उनले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी नेताको अनिवार्य उपस्थित हुनुपर्ने भए पनि विगतमा त्यस्तो अभ्यास नदेखिएको भन्दै प्रतिपक्षी दलको ध्यानाकर्षणसमेत गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप