बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पिक–पौडीतर्फ १७ वर्षीया किशोरीले जितिन् स्वर्ण

मङ्गलबार, १२ साउन २०७८, १३ : ५९
मङ्गलबार, १२ साउन २०७८

ल्याडिया जाकोबीले अमेरिकाका लागि पौडीको १ सय मिटर ब्रेस्टस्ट्रोकतर्फ स्वर्ण दिलाएकी छिन् । १७ वर्षीया यी किशोरीले १ मिनेट ०४ दशमलव ९५ सेकेन्डमा निर्धारित दूरी पौडेर पूरा गरिन् । दक्षिण अफ्रिकाकी तात्जाना सोइनमेकर दोस्रो र गत संस्करणकी विजेता लिले किङ तेस्रो भए । 

ओलम्पिकमा अमेरिकाको अलास्का राज्यका लागि यो पहिलो स्वर्ण हो । अलास्का राज्य अमेरिकाको दुर्गम क्षेत्र मानिन्छ र यहाँ ओलम्पिक प्रयोग हुने आकारको एउटैमात्र स्विमिङ पुल छ । त्यो स्विमिङ पुल जाकोवीको घरबाट १ सय २५ माइल्स टाढा पर्छ । ‘म पागल भएकी छु । पक्कै पनि म मेडलको दौडमा थिएँ । तर, खासमा स्वर्णकै अपेक्षा भने गरेकी थिइँन । टाउको उठाएर स्कोरबोर्डमा हेर्दा म नाजवाफ भएँ,’ स्वर्ण जितेपछि उनले भनिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप