शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्री छान्न माओवादीले बोलायो आकस्मिक बैठक

मङ्गलबार, १२ साउन २०७८, १४ : ५२
मङ्गलबार, १२ साउन २०७८

नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै बिहान एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि आकस्मिक स्थायी समिति सदस्यहरुको बैठक राखेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे र पार्टीको आन्तरिक सांगठनिक विषयमा छलफल भइरहेको बुझिएको छ ।

यसअघि गत साउन सात गते बसेको बैठकले आगामी साउन १७ गते स्थायी समिति र २० गते केन्द्रीय समिति बैठक बस्ने मिति तय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप