शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक ५ हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार

मङ्गलबार, १२ साउन २०७८, १५ : ०७
मङ्गलबार, १२ साउन २०७८

चितवनको राप्ती नगरपालिका–७ स्थित एउटा होटलमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ ।

साउन ११ गते उक्त ठाउँमा रहेको रक्षा होटलका सञ्चालकले होटलको केही टाढा घर भाडामा लिई महिला तथा बालबालिकालाई यौन धन्दामा लगाएको सुराकी पाएपछि ईलाका प्रहरी कार्यालय भण्डारा र थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरको समन्वयमा १० जनालाई उद्धार गरिएको जनाइएको छ ।

पीडित महिला तथा बालबालिकाले दैनिक पाँच हजार रुपैयाँका दरले रकम दिने कुराकानी भएअनुसार यौनधन्दा गर्दै आएको बताएको पनि थ्रि एन्जल्स्का प्रतिनिधिले जानकारी दिए ।

पीडित महिला तथा बालबालिकाहरु सिन्धुपाल्चोक, दोलखा, धादिङ, काठमाडौं जिल्लाका रहेको र यौन धन्दाका लागि चितवन जिल्लाको विभिन्न होटलहरुमा परिचालन गर्दै आएको बताइएको छ ।

हाल उनीहरुलाई कानुनी परामर्श तथा थप सोधपुछका लागि ईलाका प्रहरी कार्यालय भण्डारामा राखिएको र पारिवारिक पुनर्मिलनका लागि थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरले समन्वय गरिरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप