रसुवामा फाइवर टु द होम प्रविधिको टेलिफोन सेवा विस्तार हुँदै
रसुवामा नयाँ टेलिफोन लाइन विस्तार हुने भएको छ । अहिले सञ्चालनमा रहेको टेलिफोन सेवालाई विस्थापित गर्दै फाइवर टु द होम प्रविधिको टेलिफोन विस्तार हुने भएको हो । यसका लागि सर्भे कार्य सम्पन्न भएको नेपाल टेलिकम रसुवाका कार्यालय प्रमुख नरबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार कोरोना सङ्क्रमणका कारण नयाँ लाइन विस्तारमा केही ढिलाइ भएको छ । पहिलो चरणमा धुञ्चे, स्याफ्रुबेँसी एवं कालिकास्थान क्षेत्रमा पुरानो टेलिफोन लाइनलाई विस्थापित गरेर नयाँ प्रविधिको टेलिफोन विस्तार गर्ने कार्यतालिका तयार भएको छ ।
फाइवर टु द होम प्रविधिको लाइनबाट टेलिफोनसँगै एडिएसएल इन्टरनेट, मनोरञ्जन र टेलिभिजनसमेत गरी तीन प्रकारका सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । पहिलो चरणमा यो प्रविधिको टेलिफोन लाइन ६१२ ग्राहकले प्राप्त गर्नेछन् । सीमावर्ती क्षेत्र टिमुरेमा जडान भएको ११८ ग्राहकलाई भने यो प्रविधि दोस्रो चरणमा उपलव्ध गराइने प्रमुख खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव
-
नेपाललाई दोस्रो सफलता
-
चोभारको डढेलो निभाउन गएको दमकल दुर्घटनाग्रस्त, तस्बिरहरू