शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमिक शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी निर्णय

मङ्गलबार, १२ साउन २०७८, १५ : ५१
मङ्गलबार, १२ साउन २०७८

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।

मंगलबार आकस्मिक बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको एक स्थायी समिति सदस्यले रातोपाटीलाई जानकारी दिए । शेरचनलाई हटाएर यसअघि केपी ओली नेतृत्वको सरकारले सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

ओली नेतृत्वको सरकार हटेर बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न तयारी गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप