बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्रा मनसुन सर्भिस क्याम्प साउन १४ देखि, सहभागिलाई उपहार पनि

मङ्गलबार, १२ साउन २०७८, १६ : ५०
मङ्गलबार, १२ साउन २०७८

काठमाडौं । महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्कस्ले यही साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । 

महिन्द्राका सम्पूर्ण फोर व्हीलर गाडीहरुको ३०–पोइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुको सेवा सुविधालाई मध्यनजर गरिएको यस सर्भिस क्याम्पमा गाडीको ३०–पोइन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप