बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सडक बनाउन माग गर्दै युवा सङ्घको ज्ञापनपत्र

मङ्गलबार, १२ साउन २०७८, १८ : ३३
मङ्गलबार, १२ साउन २०७८

ठेक्का भएको लामो समयसम्म पनि निर्माण ढिलासुस्ती भएपछि बुटवल बेलहिया व्यापारिक मार्ग अन्तर्गतको चौराहा–चिडियाखोला सडकखण्डको मर्मत सम्भार र विस्तार गर्न युवा सङ्घ नेपाल रुपन्देहीले माग गरेको छ ।

बुटवलको चौराहा–गोलपार्क खण्डमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण हिँडडुलमा समेत समस्या उत्पन्न भएपछि युवा सङ्घ रुपन्देहीले आज सम्बन्धित कार्यालयहरूको ध्यानाकर्षण  पत्र बुझाएको छ ।

युवा सङ्घ नेपाल रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देही, व्यापारिक मार्ग परियोजना कार्यालय र निर्माण कम्पनीको सम्पर्क कार्यालयमा पुगेर ध्यानाकर्षण  पत्र बुझाएको युवा सङ्घ रुपन्देहीका अध्यक्ष मनोज गौचन बताए ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै युवा सङ्घले निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीबाट आम सर्वसाधारणमा सास्ती पुगेको भन्दै ठेकेदार उपर तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गरेको छ ।

लामो समयदेखि रोकिएको विस्तारको कामलाई पनि तत्कालै अगाडि बढाउन प्रभावकारी निर्देशन दिन माग गरिएको अध्यक्ष गौचनले बताए । यस्तै निर्माण कम्पनीको पड्सरीस्थित सम्पर्क कार्यालयमा पुगेर युवा सङ्घले तत्काल मर्मत सम्भार विस्तारका कामलाई अगाडि बढाउन ध्यानाकर्षण गराइएको छ ।

उक्त सडक खण्डको ठेक्का ‘द कञ्चनजङ्घा बिरुवा जेभी काठमाडौँले पाएको थियो । पटक पटक म्याद थप्दासमेत उक्त कम्पनीले काम अगाडि बढाएको छैन । बुटवल सडक कार्यलय पनि निर्माण कार्यमा ढिलाइ गरेको भन्दै कम्पनीलाई स्पष्टीकरण पत्र सोधेको थियो ।  बुटवल राजमार्ग चौराहादेखि गोलपार्क सडक विस्तारको शिलान्यास तत्कालीन  अर्थमन्त्री तथा यस क्षेत्रका प्रतिनिधि सभा सदस्य विष्णु पौड्यालले गरेका थिए । तर शिलान्यास पछि ठेकेदार कम्पनी कुनै पनि काम गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप