शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ को नामकरणका लागि मुख्यमन्त्री राईले थाले छलफल

मङ्गलबार, १२ साउन २०७८, १८ : ३६
मङ्गलबार, १२ साउन २०७८

प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थालेका छन् । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन् । चालू अधिवेशनबाट प्रदेशको नाम राख्नका मुख्यमन्त्री राईको तयारी छ । 

मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमती गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तिब्रता दिएका छन् । यसका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गरेका छन् । छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप