शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

को हुन् गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ ?

मङ्गलबार, १२ साउन २०७८, १९ : ४५
मङ्गलबार, १२ साउन २०७८

देउवा सरकारले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्तिको सिफारिस गरेका पृथ्वीमान गुरुङको नाम धेरैले चिनेका छैनन् । गण्डकीमै जन्मेका भए पनि उनको नाम प्रदेशवासीका लागि नौलो हो । हाल उनी वागमती प्रदेशका बासिन्दा हुन् ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले चितवन निवासी गुरुङलाई गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । चितवनकै अर्का कम्युनिस्ट नेता अमिक शेरचन लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका छन् ।

माओवादीको कोटामा परेका अमिक शेरचन सबैका लागि चिर परिचित नाम भएता पनि काँग्रेसको कोटाबाट प्रदेश प्रमुखमा सिफारिस भएका पृथ्वीमान गुरुङ चाहिँ धेरैका लागि नयाँ नाम हो ।

 


 को हुन् पृथ्वीमान ?

गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका पृथ्बीमान गुरुङ कास्की पुर्ख्यौली थलो भएका चितवनको भरतपुर महानगरपालिका–२६ निवासी काँग्रेसका नेता हुन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइसराइ सँगै चितवन काँग्रेसको राजनीतिमा विगत लामोसमय देखि सक्रिय रहँदै आएका छन् । उनी चितवन काँग्रेसका पुराना नेताका रुपमा परिचित छन् ।

काँग्रेस विभाजन भएका बेला गुरुङ देउवाको प्रजातान्त्रिक काँग्रेस चितवनको सभापति भएका थिए । उनी नेपाली काँग्रेसको महासमिति सदस्य हुन् । उनी काँग्रेसमा सभापति शेरबहादुर देउवाको गुटका नेता हुन् ।

गुरुङले वि.सं.२०३६ सालमा पृथ्वी नारायण क्याम्पसमा अध्यापन समेत गरेका थिए । उनी शहीद हरिप्रसाद गुरुङका सन्तान हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप