निर्मलाका लागि न्याय माग्दै दीप प्रज्वलन, तस्विरमा हेर्नुहोस्
मङ्गलबार, १२ साउन २०७८, २० : १५
निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । पन्तको हत्या र बलात्कार भएको तीन वर्ष पुग्दा पनि दोषीमाथि कारवाही हुन सकेको छैन । सोही अवसरमा दीप प्रज्वलन गर्नुका साथै दोषीमाथि कारवाहीको माग गरिएको हो ।

नेपाल प्रहरीको अहिलेसम्मकै महँगो अनुसन्धान बनेको निर्मला पन्त बलात्कार तथा हत्याकाण्डमा हालसम्म प्रहरीले सफलता प्राप्त गर्न सकेको छैन । २०७५ साल साउन १० गते उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो । घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो । २०७५ साल साउन १० गते भएको घटनाको आइतबार ३ वर्ष पुगेको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण