बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय योजना आयोगमा ओलीकै पालाका दुई सदस्यको निरन्तरता

मङ्गलबार, १२ साउन २०७८, २१ : २१
मङ्गलबार, १२ साउन २०७८

राष्ट्रिय योजना आयोगमा ओली सरकारकै पालाका दुईजना सदस्यहरु दोहोरिएका छन् । उपाध्यक्षमा भने अर्थशास्त्री विश्व पौडेल नियुक्त भएका छन् । एमाले सरकारका पालामा डा. पुष्प कँडेल उपाध्यक्ष रहेका बेला रामकुमार फुँयाल र दिलबहादुर गुरुङ राष्ट्रिय योजना आयोगको सदस्य थिए । देउवा सरकारले सदस्यमा फुँयाल र गुरुङलाई नै दोहोर्याएको छ ।

 

फुँयाल र गुरुङले ३ बर्ष १ महिना आयोगमा काम गरेका थिए । जब ओली सरकार अल्पमतमा पर्यो, तब उनीहरु आयोगबाट उपाध्यक्ष कँडेलसँगै बाहिरिएका थिए । सदस्य फुँयालले  रातोपाटीसँग कुरा गर्दै योजना आयोगमा पुनः सहकार्य गर्न पाएकोमा खुसी लागेको बताए ।

आयोगको उपाध्यक्षमा चर्चित युवा अर्थशास्त्री डा. विश्व पौडेल नियुक्त भएका छन् । पौडेलले काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टमा भिजिटिङ एशोसिएट प्रोफेसरका रुपमा अध्यापन गर्दै आएका थिए । उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा पनि आर्थिक सल्लाहकारका रुपमा पनि काम गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप