शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा मिनी ट्रक खस्यो :  चालक र सहचालकको घटनास्थलमै मृत्यु

मङ्गलबार, १२ साउन २०७८, २२ : २७
मङ्गलबार, १२ साउन २०७८

 कर्णाली नदीमा मिनी ट्रक खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।  ट्रक कर्णाली राजमार्ग अन्तरगत कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने एस मोडमा दुर्घटना भई कर्णाली नदीमा खसेको हो । 

ट्रक दुर्घटना हुँदा चालक दीपक साउद र सहचालक बाजुरा घर भएका वर्ष ३२ का रमेशबहादुर शाही रहेको कालिकोट प्रहरीले जनाएको छ।  चालक साउदको भने ठेगाना खुलिसकेको छैन । 

उक्त ट्रक नेपालगञ्जबाट जुम्ला जाँदै गरेको थियो । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्र शाहका अनुसार मिनी ट्रक सडकबाट झन्डै ३ सय मिटर तल कर्णाली नदीमा खसेको छ। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप