शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखको ‘पठान’मा दीपिकाको एक्सन

बुधबार, १३ साउन २०७८, ०७ : ५७
बुधबार, १३ साउन २०७८

मुम्बई । शाहरुख खानको फिल्म ‘पठान’ लामो समयदेखि चर्चामा छ । अहिले फेरि खबर बाँहिरिएको छ फिल्ममा अभिनेत्री दीपिका पादुकोणको एक्सन रहनेछ ।
श्रोतका अनुसार दीपिका फिल्ममा अन्तराष्ट्रिय स्तरको एक्सन गर्दैछिन् । जुन एक्सन उनले हलिउड फिल्ममा गरेकी थिइन् । फिल्ममा उनले हतियार चलाएर गुन्डाहरुसँग लडेर फ्यानलाई समेत अचम्मित पार्नेछिन् ।

दीपिकाले फिल्म ‘पठान’मा अहिले एक्सनका सिक्वेलको सुटिङ गरिरहेको उनका नजिकका ब्यक्तिले बताए । फिल्मको सुटिङ मुम्बईमा भइरहेको छ । अभिनेत्रीले यसका लागि कडा मिहिनेत समेत गरिरहेकी छन् ।


निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘पठान’मा शाहरुख र दीपिकाको अलवा जोन अब्राहम समेत मुख्य भुमिकामा देखिनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप