बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिध ल्याबको १ वर्ष, परीक्षणमा ५० प्रतिशतसम्म छुट

बुधबार, १३ साउन २०७८, ०९ : ३८
बुधबार, १३ साउन २०७८

सरकारबाट ‘ए’ ग्रेडको मान्यता पाउन सफल बिध ल्याबले स्थापनाको १ वर्ष पूरा गरेको छ । ललितपुरको कुपण्डोलस्थित युएन पार्क नजिकै रहेको यस ल्याबले अघिल्लो वर्ष आजकै दिनबाट सेवा सञ्चालन गरेको थियो ।

सञ्चालनको १ वर्ष पूरा गरेकोमा यस ल्याबमा हुने प्रत्येक परीक्षणमा छुटको व्यवस्था गरिएको छ । ल्याबका अनुसार आज दिनभर हुने पीसीआर लगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ । त्यस्तै, एक हप्तासम्मका लागि सबै प्रकारका परीक्षणमा ४० प्रतिशत छुट गरिएको उनले बताए । 

एक वर्षको अवधिमा अहिलेसम्म एक लाख ३० हजार पीसीआर परीक्षण गरिएको ल्याबले जनाएको छ । त्यस्तै, अन्य ५० हजार प्याथोलोजी परीक्षण गरिएको जनाइएको छ । 

दोस्रो भेरियन्टको सङ्क्रमितको सङ्ख्या बढेपछि मुलुकभर अक्सिजन सिलिन्डर अभाव भएपछि सुरुमा बिध म्यानेजमेन्टले चीनबाट सिलिन्डर आयात गरेको थियो । कोभिडको महामारीबाट अझै मुक्त हुन नसकेको भन्दै सरकार र सर्वसाधारणलाई आफूहरूसँग सहकार्य गरेर अघि बढ्न ल्याबका अध्यक्ष तथा सञ्चालक बिके भण्डारीले आह्वान गरेका छन् । अक्सिजनको चरम अभाव भएको बेलामा ल्याबले ललितपुर महानगरपालिका सहित अन्य अस्पतालहरूलाई अक्सिजन सिलिन्डर सहयोग गरेको थियो । 

त्यस्तै, विभिन्न चाडपर्वहरूमा छुटको व्यवस्था गरिँदै आएको ल्याबले जनाएको छ । त्यस्तै विभिन्न मेडिकल विद्यार्थीहरूको परीक्षामा सहभागी हुनका लागि गर्नुपर्ने पीसीआर परीक्षणका लागि पनि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप