मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा १२ का विद्यार्थीलाई कोरोना विरूद्धको खोप लगाउन समितिको सुझाव

बुधबार, १३ साउन २०७८, १३ : १४
बुधबार, १३ साउन २०७८

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का ४ लाख हाराहारी विद्यार्थीलाई कोरोना बिरूद्दको खोप लगाउन सुझाव दिएको छ । बुधबार कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड बारे भएको छलफलमा समिति सभापति जयकुमारी घर्तीले कक्षा १२  को परीक्षा सहज रूपमा सञ्चालन गर्न खोपका लागि पहल गर्ने उल्लेख गरिन् । 

यही साउन ३१ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागिएको सन्दर्भमा सम्भव भएसम्म विद्यार्थीलाई खोप लगाउन पहल गर्ने र परीक्षा दिन छुटेका विद्यार्थीलाई पुनः परीक्षा दिने ब्यवस्था गर्न निर्देशन दिइन् ।  
उनले  छलफलमा सहभागी शिक्षा मन्त्रालयका पदाधिकारीलाई यस्तो निर्देशन दिएकी हुन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप