शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार मञ्चलाई सहयोग

बुधबार, १३ साउन २०७८, १५ : १४
बुधबार, १३ साउन २०७८

बोधिसत्व विहार काठमाडौँले कोभिड–१९ का कारण परेको प्रभाव न्यूनीकरण गर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल पत्रकार मञ्चलाई खाद्य सामग्री ‘फूड अफ लभ’ प्रदान गरेको छ । 
सोमबार सामामुखीस्थित लुनार सेकेण्डरी स्कूलमा आयोजित एक कार्यक्रममा नेपाल पत्रकार मञ्चलाई विहारका अध्यक्ष हुवाइ गुयाङले ‘फूड अफ लभ’ हस्तान्तरण गरे । 

उक्त कार्यक्रमा विहारका अध्यक्ष गुयाङले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट परेको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव न्यूनीकरण गर्न सहयोगी भूमिका खेल्ने पत्रकारहरुका लागि मानवीय सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । उनले भने, ‘म बुद्धको अनुयायी भएकाले पनि विश्वभरि शान्तिको सन्देश प्रवाह गर्ने क्रममा नेपाली समुदायमा अहिलेको विषम परिस्थितिमा सहयोगी हात मार्फत जोडिन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।’ 

विहारबाट प्राप्त ‘फूड अफ लभ’ सोमबार नै नेपाल पत्रकार मञ्च आबद्ध  पत्रकारलाई वितरण गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप