शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा कार्यकारिणी समितिको बैठक जारी, के आउला निर्णय ?

बुधबार, १३ साउन २०७८, १५ : ३२
बुधबार, १३ साउन २०७८

 जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक सुरु भएको छ । तुलसीलाल अमात्य स्मृति भवन च्यासलमा सुरु भएको बैठकमा पार्टीको आन्तरिक विषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर पक्षलाई कारवाही गर्ने या नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता चयन लगायतका एजेन्डामा छलफल भइरहेको जसपाका अध्यक्ष उपेन्द्र यादवको नीजि सचिवालयले जनाएको छ । 

बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर कार्यकारिणी समिति घोषणा गर्ने तयारी पनि गरेको छ । 

पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा हिजो पनि बैठक बसेको थियो । त्यसैको निरन्तरता आजको बैठक रहेको जनाइएको छ । हिजोको बैठकले संसदीय दलको नेता चयन गर्न नवराज सुवेदीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको थियो । साथै संसदीय दलको विधान अनुमोदन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप