बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेलम्चीका बाढी पीडित सव–डिलरहरुलाई डिशहोमको राहत सहयोग

बुधबार, १३ साउन २०७८, १५ : ३६
बुधबार, १३ साउन २०७८

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीका बाढी पीडित सव–डिलरहरुलाई डिशहोमले राहत सहयोग उपलब्ध गराएको छ । डिशहोमको सुरुवाती समय देखि डिलरको रुपमा जोडिएका व्यवसायीले संचालन गरिरहेको पसलमा बाढीका कारण सम्पूर्ण सामानसँगै डिशहोमको उपकरण (एण्टेना, सेटअप बक्स) मा समेत क्षति पुगेपछि डिशहोमले सहयोग गरेको हो ।

त्यस क्षेत्रमा रहेका डिशहोमका ग्राहकहरुलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्देश्यले प्रत्यक्ष रुपमा अति प्रभावित मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैयाँ राहत स्वरुप प्रदान गरिएको डिशहोमले जनाएको छ । 

डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्जवल न्यौपानेले राहत रकम हस्तान्तरण गरे । बाढीबाट अति प्रभावित सव–डिलर झलक बहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरिएको डिशहोमले जनाएको छ । 

असारको पहिलो सातामा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा अतुलनीय क्षती पुगेको थियो । मेलम्ची खोला छेउको ३ दर्जन भन्दा बढी घर पुर्ण क्षति भएको छ भने सयौं घरहरु प्रभावित भएका छन् । खोला थुनिएर बस्तीमा लेदो सहितको बाढी पस्दा मेलम्ची बजारमा व्यापार व्यवसाय गरेर बस्ने व्यवसायीहरुले सवैभन्दा ठूलो क्षति बेहोर्नु परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप