शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थप साढे १५ अंकले बढ्यो नेप्से, सेयर बजार परिसूचक ३१ सय नजिक

बुधबार, १३ साउन २०७८, १५ : ४९
बुधबार, १३ साउन २०७८

सेयर बजार परिसूचक नेप्से बुधबार थप १५.३० अंकले वृद्धि हुँदै ३१ सय नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत मंगलबार अधिकतम २९.२४ अंकले बढेर ३ हजार ७९.६७ विन्दुमा पुगेकोमा बुधबार थप १५.३० अंकले बढेर नेप्से ३ हजार ९४.९४ विन्दुमा पुगेको हो ।

यस दिन बैकिङ्ग, हाइड्रो पावर, म्युचुअल फण्ड बाहेकका प्रायः सबैजसो समूहहरूको बजार चम्किदा समग्र नेप्से सूचकमा १५ अंकमाथिको सुधार आएको हो ।
नेप्सेका अनुसार यस कुल २१९ कम्पनीका २ करोड ८२ लाख ७० हजार कित्ता माथिको सेयर बजारमा १ लाख २८ हजार पटक बढी किनबेच हुँदा १३ अर्ब २९ कारोड १९ लाखको कारोबार भएको छ । 

गत मंगलबार एकैदिन अधिकतम २९.२४ अंकले नेप्से बढेको बजारमा १५ अर्ब १७ करोडको रुपैयाँ बराबरको कारोबार भएको थियो । 
गत सोमबार ८.२४ अंकले घटेको बजारमा १४ अर्ब १३ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप