बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

६००० एमएएच ब्याट्री क्षमताको सामसङ ‘फूल अन फन ग्यालेक्सी एफ२२’ नेपाली बजारमा

बुधबार, १३ साउन २०७८, १६ : २०
बुधबार, १३ साउन २०७८

काठमाडौं । सामसङ नेपालले बजारमा ‘फूल अन फन ग्यालेक्सी एफ२२’ सार्वजनिक गरेको छ । दराज एपमार्फत साउन ६ देखि ग्यालेक्सी एफ २२ को प्रि–बुकिङ्ग सुरु गरेको सामसाङले आजबाट विधिवत रुपमा बिक्री सुरु गरेको हो । 

सामसङ ग्यालेक्सी एफ २२ अक्टा कोर मिडिया टेक हिलियो जी ८० प्रोसेसोर भएको अत्याधुनिक फोन भएको कप्पनीले बताएको छ । यसमा दुई कर्टेक्स ए ७६ कोर र छ कर्टेक्स ए ५५ कोर रहेको छ । ग्यालेक्सी एफ २२ मा ६.४ एचडी डिस्प्ले इन्फिनिटी यु सुपर आमोलेड डिस्प्ले रहेको छ भने त्यो डिस्प्ले कोर्नारिंग गोरिल्ला ग्लास ५ मार्फत सुरक्षित छ । 

‘फूल अन फन ग्यालेक्सी एफ२२’ मा उच्च क्षमताको ६००० एमएएचको ब्याट्री तथा १५ वाटको यूएसबी सी फास्ट चार्जर उपलब्ध रहेको छ । यसले २५ वाट चार्जिङ्ग सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । जसले १३० घण्टा म्युजिक प्ले ब्याक, ४० घण्टा टक टाइम, २५ घण्टा भिडियो प्ले ब्याक तथा २४ घण्टा इन्टरनेट चलाउन सकिन्छ । 

यसैगरी ग्यालेक्सी ग्यालेक्सी एफ २२ एन्ड्रोइड ११ र वान यु आई कोर ३१मा चल्छ भने एसले प्रयोगकर्ताहरूलाई सरल डिजाइन दिनका साथ फोनलाई आफु अनुकुल बनाउन सकिने पनि बताइएको छ ।  सुरक्षाको लागि यो फोनको छेउमा फिंगर प्रिन्ट स्क्यानर र अगाडीको क्यामेरामा फेस अनलक फिचर उपलब्ध छ ।  

ग्यालेक्सी एफ २२ मा क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ४८ एमपी वाइड क्यामेरा, ८ एमपी अल्ट्रा वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा, २ एमपी देप्थ साथै एलईडी फ्ल्याश, प्यानारोमा र एचडीआर जस्ता अन्य फिचर्सहरु रहेका छन् ।  

 जीबी र्याम, ६४ जीबी स्टोरेज र ६ जीबी र्याम, १२ जीबी स्टोरेज गरी ग्यालेक्सी एफ २२ दुई वटा भेरियेन्टमा उपलब्ध छ । ४ जीबीको मूल्य २०,४९९ रहेको छ भने ६ जीबी को मूल्य २३,९९९ रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी एफ २२ कालो र लाईट ब्लुमा उपलब्ध छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप