बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न फोन पेले हरेक दिन दिनेछ उपहार स्वरुप एक लाख

बुधबार, १३ साउन २०७८, १६ : ३३
बुधबार, १३ साउन २०७८

काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’उपहार योजना सार्बजनिक गरेको छ ।

देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको हो । फोन पेको नेटवर्कमा आवद्ध भैसकेका र आवद्ध हुन चाहने साना–ठूला सबै व्यावसायलाई समेट्ने यो योजना श्रावण १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुनेछ ।

यस योजनामा हरेक दिन क्यूआर आर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सक्नेछन् । यस योजनामा फोन पे मार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ । 

यस योजनामा सहभागि हुनका लागि फोन पे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोन पे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ ।

फोन पे बिजनेसमा आबद्ध हुन फोन पे बिजनेस एप डाउनलोड गरि आफ्नो व्यवसायको प्यान नम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिने फोन पेले जनाएको छ ।

यस योजनामा हरेक दिन विहान १२ बजे देखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुने छन् । यो योजनाका विजेता लक्की ड्र मार्फत छनोट गरिनेछ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोन पे बिजिनेसको फेशबुक लाइभ मार्फत  गरिने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप