शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन सर्दैन, निर्धारित मितिमै हुन्छ : रामचन्द्र पौडेल

बुधबार, १३ साउन २०७८, १६ : ५४
बुधबार, १३ साउन २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन निर्धारित मितिमै हुने दाबी गरेका छन् । ‘महाधिवेशन कुनै पनि हालतमा सर्दैन, तोकिएको मिति भदौ १६ देखि १९ मै हुन्छ, गर्नैपर्छ’, नेता पौडेलले रातोपाटीसँग भने, ‘हामी वैधानिक बाध्यतामा छौ ।’

उनले महाधिवेशन सार्ने विकल्प सोच्न समेत नसकिने बताए । ‘निर्धारित मितिमा तोकिएको महाधिवेशनको विकल्प सोच्न पनि सकिँदैन । बिहीबार बस्ने बैठकले प्रभावित कार्यतालिका मिलाउँछ र मिति सार्वजनिक हुन्छ’, नेता पौडेलको भनाई छ ।

काँग्रेसको निर्धारित कार्यतालिका अनुसार साउन १२ गते वडा तहको अधिवेशन हुनुपर्ने थियो । तर हुन सकेन । आगामी साउन १६ गते पालिका तहको अधिवेशन हुनुपर्ने हुन्छ तर वडा तहकै अधिवेशन नभएपछि पालिका तहको अधिवेशन पनि प्रभावित हुने निश्चित छ । तल्ला तहको अधिवेशन नै नभएको अवस्थामा केन्द्रीय महाधिवेशन भदौ १६ को कार्यतालिका अनुसार हुने सम्भावना टरेको भए पनि नेताहरूले भदौ १६ बाट हुने भनिएको महाधिवेशन भएरै छाड्ने दाबी भने गर्न छोडेका छैनन् ।

अनौपचारिक कुराकानीका क्रममा कतिपय नेताले भदौ १६ मा महाधिवेशन नहुने निश्चित भएको बताएका छन् । यता क्रियाशील सदस्यता विवादबारे काँग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनबारे छलफल भए पनि विवाद भएको विषय मिलाउन पदाधिकारी बैठकले पुन छानबिन समितिलाई नै २४ घण्टे म्याद दिएर मिलाउन भनेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप