बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धुर्मुस–सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर रिलिज

बुधबार, १३ साउन २०७८, १७ : ०१
बुधबार, १३ साउन २०७८

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । बैवाहिक जीवनमा आउने उचाव–चढाव देखाइएको ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बाँस्सै’को धुर्मुस–सुन्तलीकै गेटअपमा देखिएका छन् ।

लेखन र निर्देशन समेत धुर्मुस–सुन्तलीको रहेको फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय समेटिएको छ ।
फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मूभि’मा रिलिज हुने बताइएको छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, स्वेत्ना योञ्जनको कोरियोग्राफी रहेको छ ।

पछिल्लो समय अभिनय भन्दा पनि समाज सेवामा बढी क्रियासिल धुर्मुस–सुन्तलील अहिले भरतपुरको चितवनमा  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् । 
सीतारामले कोरोना अगाडि फिल्म ‘सेन्टीभाइरस’ निर्माण गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप