शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अटोमोबाइल क्षेत्रलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्री श्रेष्ठसँग नाडाको माग

बुधबार, १३ साउन २०७८, २२ : १२
बुधबार, १३ साउन २०७८

काठमाडौं । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको नाडा प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग छलफल गरेको छ ।

सरकारका तर्फबाट नेपालको अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउने विषयमा छलफल गरेकोे नाडाले जनाएको छ । 

छलफलमा राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिएको नाडाले जनाएको छ । 

सो क्रममा नाडाका उपाध्यक्ष चौधरीले कोभिड १९ को कारण नेपालको समग्र अटोमोबाइल व्यवसाय नै समस्यामा परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल क्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको बताए । उनले कोरोना महामारीका कारण भएको लकडाउन हाल केही खुकुलो भए पनि नेपालको अटोमोबाइल क्षेत्रका व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र श्रमिकहरु खोप नपाउँदा समस्यामा परेको बताए । 

नाडा प्रतिनिधि मण्डलले स्वास्थ्य सचिव लक्ष्मण अर्यालसँग पनि छलफल गरेको थियो । सचिव अर्यालले निजीक्षेत्रले समेत खोप आयात गरी वितरण गर्न सकिने व्यवस्था भएकोले त्यसका लागि प्रयास गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप