शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

गायक हिमाल सागरको  ‘तिमी छौ र'मा नन्दिता र पूर्ण लम्सालको रोमान्स

बिहीबार, १४ साउन २०७८, ०७ : २८
बिहीबार, १४ साउन २०७८

लन्डन । गायक हिमाल सागरले अमेरिका पुगेर आफ्नै  स्वर, शब्द र संगीत रहेको ‘तिमी छौ र’ बोल रहेको एउटा रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । यस गीतमा संगीत संयोजन बाबु प्रधानको रहेको छ । म्यूजिक भिडियोमा नायिका नन्दिता केसी र पूर्ण लम्सालको अभिनय रहेको छ । मायालु जोडीबीचको प्रेमिल दृश्यलाई अमेरिकाको विभिन्न भागमा छायांकन गरिएको छ ।

भिडियोमा गायक हिमाल सागरलाई पनि देख्न सकिनेछ । बिक्की पुलामीको निर्देशनमा तयार गरिएको भिडियोको छायांकन शैलेश घलेले गरेका हुन् भने भारत रेग्मीको सम्पादन रहेको छ । ‘पी एण्ड एच’ प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको सकारात्मक प्रतिक्रिया आएको गायक हिमाल सागरले बताए ।  

भिडियो हेर्नुहोस :

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप