सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदै
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । विहीबार विहान ८ :३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारबारे गठबन्धनका नेताहरुसँग छलफल गर्दै छन् ।
प्रधानमन्त्रीले बुधबार विहान पनि गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । गठबन्धनमा आबद्ध पार्टीको आन्तरिक समस्याका कारण नयाँ सरकार बनेको तीन साता हुनै लाग्दा पनि मन्त्रिपरिषदले पूर्ण पाउन सकेको छैन । २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीका साथमा मन्त्री र एक राज्यमन्त्री मात्र छन् । सत्ता साझेदार दल जनता समाजवादी पार्टीले आन्तरिक समस्या समाधान भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारका लागि छलफललाई तीव्रता दिएका छन् ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आज भोलि नै मन्त्रिपरिषद विस्तारको तयारी छ । आजको छलफलमा पावर सेरिङमा कुरा मिले आजै पनि मन्त्रिपरिषद विस्तार हुन सक्ने उनको भनाइ छ । मन्त्रिपरिषद विस्तारमा ढिलाइ गर्न नहुनेमा शीर्ष नेताहरुमा एक मत रहेकाले चाडै नै मन्त्रिमण्डलले पूर्णता पाउने उनले बताए ।
सत्तारुढ दलहरुले पनि मन्त्री छनोटको जिम्मा पार्टीका शीर्ष नेतालाई दिएका अवस्था छ । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव बाबुराम भट्टराई, नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै