इतिहासमा आज : जयवर्धने र संगकाराले बनाएका थिए टेस्ट इतिहासको सबैभन्दा ठूलो साझेदारी
क्रिकेटको इतिहासमा २९ जुलाई २००६ मा यस्तो कीर्तिमान बनेको थियो जसलाई १५ वर्ष बितिसक्दा पनि कसैले तोड्न सकेका छैनन् । आजकै दिन टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो पार्टनरसीप बनेको थियो । श्रीलङ्काका दुई ब्याट्सम्यान महेला जयवर्धने र कुमार संगकाराले दक्षिण अफ्रिकाविरुद्ध ६२४ रनको विशाल साझेदारी गरेका थिए ।
यस साझेदारीका दौरान जयवर्धनेले ३७४ रन र संगकाराले २८७ ले रन बनाए । यसअघि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान श्रीलङ्काकै सनथ जयसूर्या र रोशन महानामाको नाममा थियो । उनीहरूले सन् १९९७ मा भारतविरुद्ध बनाएका थिए ।
२७ जुलाईमा कोलम्बोमा सुरु भएको टेस्टमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । मुथैया मुरलीधरन र दिलहारा फर्नान्डोको घातक बलिङसामु दक्षिण अफ्रिकी टोली मात्र ५०.२ ओभरमा १६९ रनमा समेटियो । दुवैले ४–४ विकेट लिएका थिए । दक्षिण अफ्रिकाका लागि एबी डिविलियर्सले सबैभन्दा बढी ६५ रन बनाएका थिए ।
यसपछि ब्याटिङ गर्न आएको श्रीलङ्काका दुवै ओपनरलाई डेल स्टेनले दोहोरो अङ्कमा रन बनाउन दिएनन् । त्यसपछि क्रिजमा संगाकारा र जयवर्धने आए । पहिलो दिन दुवैले अर्धशतक बनाएर टीमको स्कोर १२८ सम्म पुर्याए ।
अर्को दिन पुरै दुई खेलाडीको नामा रहने । दोस्रो दिनको खेल समाप्त हुँदासम्म दक्षिण अफ्रिकाले कुनै विकेट लिन सकेनन् । दुवै ब्याट्सम्यानले दोहोरो शतक पुरा गरे । श्रीलङ्काको स्कोर ४८५ मा पुग्यो ।
तेस्रो दिन अर्थात् २९ जुलाईको लन्चब्रेकसम्म दुवैले ५७० रनको साझेदारी पुरा गरिसकेका थिए । दुवै सबैभन्दा ठूलो साझेदारी (५७६ रन) बाट मात्र ७ रन टाढा थिए । लन्चपछि दुई जनाले यो कीर्तिमान पनि तोडे । ६२४ रनको साझेदारी बनाएपछि एन्ड्रयू हलको बलमा संगकारा आउट भए ।
यसको साथै यो साझेदारी टुट्यो । तर दुईले कयौँ रेकर्ड आफ्नो नाममा बनाइसकेका थिए । जयवर्धने ३७४ रनमा आउट भए लगत्तै पारी समाप्तिको घोषणा गरियो । श्रीलङ्काको स्कोर ७५६ थियो । टेस्ट इतिहासमा यो चौथो ठूलो स्कोर थियो । श्रीलङ्काले यो खेल एक इनिङ र १५३ रनले आफ्नो पक्षमा पार्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ