मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राज कुन्द्रा प्रकरण : सोमी अली भन्छिन्, 'पोर्न फिल्म उद्योगमा जबरजस्ती हुँदैन'

बिहीबार, १४ साउन २०७८, ११ : ००
बिहीबार, १४ साउन २०७८

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पोनोग्राफी प्रकरणमा पक्राउ परेका राज कुन्द्रालाई १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिइएको छ ।

राजमाथि पोर्न फिल्म बनाएको र प्रशारण गरेको आरोप लागेको छ । हालै अभिनेत्री सोमी अलीले राजको प्रकरणमा आफ्नो विचार व्यक्त गरेकी छन् । 

उनका अनुसार पोर्न एक व्यवसाय हो । जो यो व्यवसाय रोज्ने गर्छन्, 'उनीहरुलाई कसैले मुल्यांकन गर्न हुँदैन । यो व्यवसायमा संलग्न कसैलाई पनि जबरजस्ती गरिदैँन ।' 

एक समाचार च्यानललाई अन्तरवार्ता दिँदै सोमीले भनिन्, 'जब हामी पोर्न वा सेक्सको विषयमा कुराकानी गर्छौं मानिसहरु यसको विषयमा विशेष चासो दिने गर्छन् । पोर्नलाई आफ्नो व्यवसायको रुपमा चुन्ने कसैलाई पनि म जज गर्दिन  । विशेषगरी, कसैलाई जबरजस्ती गरिदैँन भने यसलाई मुल्यांकन गर्न पनि उचित हुँदैन ।'

सोमीले कुनै पनि व्यक्तिलाई आफ्नो व्यवसाय चुन्ने निजी अधिकार हुने भएकाले कसैले उनीहरुको बारेमा बोल्ने अधिकार नभएको बताइन् । 

उनले यौन शिक्षा दिनुपर्ने समय आएको भन्दै वेभ सिरीजमा देखाउने इन्टिमेट सीन र बोल्ड सिनको विषयमा पनि आफ्नो राय व्यक्त गरिन् । उनले आर्टलाई वास्तविक देखाउन आवश्वक भएकाले विभिन्न प्रकारका सिनहरु देखाउन आवश्यक भएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप