शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मनकला खड्का मृत्यु प्रकरण : जेठाजुका छोरासहित ३ जना पक्राउ

बिहीबार, १४ साउन २०७८, १३ : ४१
बिहीबार, १४ साउन २०७८

सोमबार बारीको कान्लामा मृत भेटिएकी रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको घटनामा  संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणका लिएको छ। 
प्रहरीले हत्यामा संलग्न रहेको भन्दै मनकलाकै परिवारभित्रका तीन जनालाई नियन्त्रणमा लिइएको जनाएको हो ।

सोमबार राती ६ बजेतिर भैँसीलाई घाँस हाल्न गएकी उनी राती अबेरसम्म नफर्किएपछि परिवारले खोजी गर्दा गोठ नजिकै बारीको कान्लामा उनी मृत भेटिएकी थिइन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा उनीहरुले धारिलो हतियार (खुर्पा) प्रहार गरी कर्तव्य ज्यान गरेको खुल्न आएको प्रहरीको निष्कर्ष छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक धुर्वकुमार श्रेष्ठले मनकलाको हत्या गरी मकै बारीमा फालेर  नाक, कानमा भएका सुनका गरगहना समेत लिएको पुष्टि भएको बताए । साथै पक्राउ परेका  १५ वर्षीय युवकको घरमा खानतलासी गर्दा  सुनको कानबाली २ थान, मुन्द्री २ थान, नाकको टुक्की फुली १ थान, हसिँया र खुर्पा १–१ थान  समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका एकजना आफ्नै परिवारका जेठाजुका छोरा (भतिजा) पर्ने पनि रहेको प्रहरीले जनाएको छ।  प्रहरी स्रोतका अनुसार एक वर्षदेखि मन्कला र ती युवकको घर बीच बोलचाल बन्द रहेको थियो ।  मन्कलाको हत्या भएपछि प्रदेश प्रहरीको अनुसन्धान टोली र तालिमप्राप्त कुकुर, केन्द्रीय टोली र रुकुम प्रहरी परिचालित समेत गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप