शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सडक दुर्घटनामा भारतका राष्ट्रिय सुटिङ खेलाडीको मृत्यु

बिहीबार, १४ साउन २०७८, १५ : १५
बिहीबार, १४ साउन २०७८

भारतका राष्ट्रिय सुटिङ खेलाडी नमन पाली वालको सडक दुर्घटनामा मृत्यु भएको छ । यस दुर्घटनामा अर्की एक महिला खेलाडी पनि गम्भिर घाइते भएकी छिन् । उनलाई उपचारका क्रममा इन्दोर रेफर गरिएको छ । 

मिडिया रिपोर्टअनुसार उनी सवार कार निकै तिव्र गतिमा थियो । अनियन्त्रित कार डिभाइडर ठोक्किदा दुर्घटना निम्तियो । मध्य प्रदेशमा मुख्यमन्त्री शिवराजसिंह चौहानले यस घटनाप्रति दुःख प्रकट गरेका छन् । ‘सडक दुर्घटनामा राइफल सुटिङका राष्ट्रिय खेलाडी नमन पालीवालको निधन भएको दुःखद् समाचार थाहा भयो । म ईश्वरसँग दिवंगत आत्माको शान्तिको कामना गर्दछु तथा परिवारजनसँग यो गहन दुःख सहनसक्ने शक्ति मिलोस् भने प्रार्थना गर्दछु । घटनामा घाइते भएकी अर्की एक खेलाडीको पनि शिघ्र स्वास्थ लाभको कामना गर्दछु ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप