बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२८ दिन कैद तोकिएका फरार प्रतिवादी पक्राउ

बिहीबार, १४ साउन २०७८, १५ : ४८
बिहीबार, १४ साउन २०७८

दुई हजार जरिवाना र २८ दिन कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले उदयपुरको बेलका नगरपालिका–८ स्थित सेतीखोलाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले त्रियुगा नगरपालिका–८ चुहाडे घर भएका ६६ वर्षीय पूर्ण बहादुर विष्टलाई पक्राउ गरेको हो ।

विष्टलाई जिल्ला अदालत उदयपुरले लागु औषध गाँजा मुद्दामा २ हजार जरिवाना र २८ दिन कैद सजाय हुने फैसला गरेको थियो । बुधवार पक्राउ गरेर विष्टलाई अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप