बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राज कुन्द्राले जर्बजस्ती गर्न खोजेका थिए किस, सर्लिन चोपडाले गरिन् खुलासा

बिहीबार, १४ साउन २०७८, १५ : ५६
बिहीबार, १४ साउन २०७८

राज कुन्द्रा अहिले १४ दिनका लागि न्यायिक हिरासतमा छन् । जमानतका लागि उनले दिएको याचिका भारतको तल्लो अदालतले २८ जुलाईमा खारेज गरिदिएको थियो । यसबीच, पोर्नोग्राफी मामिलामा धेरै अभिनेत्रीहरुले राज कुन्द्राको ऐट हटसट्सबारे खुलेर बोलिरहेका छन् । 

राज कुन्द्रामाथि अश्लिल फिल्म बनाउने र सार्वजनिक गर्ने गरेको आरोप छ । यसैबीच सर्लिन चोपडाले पनि उनीमाथि गम्भिर आरोप लगाएकी छन् ।  चोपडाका अनुसार राज कुन्द्राले उनलाई यौन दुर्व्यवहार गरेका थिए ।  पोर्नोग्राफी केसमा आफ्ना राजविरुद्ध आफ्नो बयान दर्ज गराउनका लागि सर्लिन चोपडा मुम्बईको क्राइम ब्रान्चमा पुगेकी थिइन् । उनले अप्रिल २०२१ मा राजविरुद्ध यौन उत्पीडनको आरोपमा एफआईआर दर्ज गराएकी थिइन् । उनीमाथि भारतीय दण्डसहिंताका केही धाराहरुमा मामिला दर्ज गरिएको थियो । 

चोपडाका अनुसार एकपटक राज कुन्द्रले उनलाई जर्बजस्ती किस गर्न खोजेका थिए । ‘सायद त्यतिबेला पत्नी शिल्पा सेट्टीसँग उनको सम्बन्ध राम्रो थिएन अर्थात् खटपट थियो । तर म एक विवाहित पूरुषसँग यस्तो सम्बन्ध बनाउन चाहन्न’ उनले भनेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप