गण्डकीमा थप ४२७ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ४२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९५ जनाको नमुना परिक्षण गरिएकामा ४२७ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये २०५ महिला र २२२ जना पुरुष रहेका छन् ।
प्रदेशका ९ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्की १६८, बागलुङ २१, स्याङ्जा ४३ म्यादी १८, पर्वत ४१, गोरखा ३१, लमजुङ ९, तनहुँमा २७ र नवलपुरमा ६९ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६६ हजार ७१६ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१६ का ३० बर्षिय पुरुष, तनहुँ शुक्लागण्डकी गाउँपालिका –१ की ७१ बर्षिय महिला, बागलुङ नगरपालिका –३ का ८६ बर्षिय पुरुष र पर्वतको कुश्मा–१२ का ६८ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखराका विभिन्न अस्तपालमा मृत्यु भएको छ ।
त्यसैगरी पर्वतको कुश्मा–१ का ७५ बर्षिय कोरोना संक्रमित पुरुष,जलजला–७ का ५२ बर्षिय पुरुष,मोदी गाउँपालिका–२ की ६५ बर्षिय महिला,पयौं–४ का ४० बर्षिय पुरुष र फलेवास –१० का ७५ बर्षिय कोरोना संक्रमित पुरुषको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बिहिबार पर्वतमा ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८३ जना पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ४०३ पुगेको छ ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ४ हजार २३० पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल