शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी ‘मसल एण्ड फिटनेस’ म्यागजिनको आवरणका लागि उत्सव प्रतिस्पर्धामा

बिहीबार, १४ साउन २०७८, १९ : ०४
बिहीबार, १४ साउन २०७८

उत्सव सिंह ‘मसल एण्ड फिटनेस’ म्यागेजिनको आवरणका लागि प्रतिस्पर्धा गर्दै छन् । मसल एण्ड फिटनेस अमेरिकाको शारीरिक सुगठन र फिटनेस जीवनशैलीको दुनियाँमा एक प्रतिष्ठित पत्रिका हो । 

कैयौं पहलमान, कलाकार, सार्वजनिक व्यक्तित्वहरु यसको आवरणमा हरेक महिना आउने गर्दछन्। यो म्यागेजिन नै उनीहरुको व्यावसायिक जीवनको कोशेढुंगा बन्ने गरेको पाइन्छ । यसका लागि नेपालबाट उत्सवले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उत्सवको जन्म तानसेनमा भएको थियो भने उनको हुर्काई बुटवलमा भएको थियो । ६ कक्षा अध्ययनरत हुँदा देखिनै उनी आफ्ना पिताको प्रेरणाले शारीरिक सुगठनको दुनियाँमा तानिएका थिए । तत्पश्चात शारीरिक सुगठन उनको रुचि नै बन्यो । ७ वर्षअघि अमेरिका गएका उत्सव हाल ड्यालस टेक्सासमा बस्दै आएका छन् ।

अमेरिकामा यस प्रतिस्पर्धामा सहभागी भएर प्रतिष्पर्धामा उत्रिएका नेपाली उत्सव मात्र हुन् । क्वाटरफाइनलमा आठ प्रतिस्पर्धीमध्ये उत्सव पहिलो भएका थिए भने अहिले उनी अरु चारजना सहित सेमिफाइनलमा प्रतिष्पर्धा गरिरहेका छन् ।

उनले २०१९ मा मेरिल्याण्डको लौरेलमा एनपीसी क्यापिटल ग्रयाण्ड प्रिक्सको आयोजनामा भएको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका थिए । उत्सवले प्रोफेसनल नेचुरल बडी बिल्डिङ एसोसिएशन (पीएनबीए)को आयोजनामा मेन्स फिजीक ओपन र मेन्स फिजीक नोविस अन्तर्गत दुईओटा स्वर्ण पदक जितिसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप