शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हरिवंशले मेलिनासँग गाए ‘माछीलाई खोलीको लेउ’

बिहीबार, १४ साउन २०७८, २० : ५१
बिहीबार, १४ साउन २०७८

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र मेलिना राइको स्वर रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ सार्वजनिक भएको छ । ३ वर्ष अगाडि रिलिज भएको अहिलेसम्म करिब ५ करोड भिउज पाएको यो गीतमा पहिले सरोज ओली र मेलिना राईले स्वर दिएका थिए । दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत गीतमा रहेको थियो ।

सोही गीतको दोश्रो पार्टको रुपमा हरिवंश र मेलिनाको स्वरमा ल्याइएको हो । नरेन्द्र वियोगीले एरेन्ज रहेको गीतको भिडियोमा हरिवंश आचार्य, अभिनेत्री करिश्मा मानन्धर, केकी अधिकारी र पल शाहको अभिनय रहेको छ ।
विक्रम स्वारको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, भुपेन्द्र अधिकारी र सुवर्ण दुलालको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप