शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालबालिकालाई लक्षित गरी तेश्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन

बिहीबार, १४ साउन २०७८, २२ : ५६
बिहीबार, १४ साउन २०७८

प्रदेश १ का सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड–१९ को तेश्रो लहरको पूर्वतयारीमा जुट्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएकी छन् । उनले कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई बढी असर पुग्न सक्ने विज्ञहरुको चेतावनीलाई ध्यानमा राख्दै बालबालिकाको उपचारका लागि अस्पतालमा छुट्टै वार्डको व्यवस्थापन गर्न निर्देशन दिएकी हुन् ।

कोभिड–१९ को सम्भावित तेश्रो लहरको पूर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री राईले हामी तयारी अवस्थामै थिएनौ भन्ने छुट नहुने गरी बालबालिकाको उपचारको तयारीमा जुट्न निर्देशन दिएकी छन् ।
मन्त्री राईले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्लाभित्रका सबै पालिकाहरुको अवस्था, आवश्यकता र तयारीसहित जिल्लाको समस्या, आवश्यकता पहिचान गरी सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेस गर्न पनि निर्देशन दिएकी छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु, सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।

प्रदेश १ मा रहेका ठुला सरकारी अस्पतालले कोरोना संक्रमित बालबालिकाको उपचार व्यवस्थापनको तयारी फितलो भएको समाचार सार्वजनिक भएसँगै मन्त्री राईले आवश्यक तयारीका लागि निर्देशन दिएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप