शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज : श्रीलंकामा शान्ति सेना पठाउने भारतको त्यो फैसला, जसले राजिव गान्धीको ज्यान लियो

शुक्रबार, १५ साउन २०७८, ११ : ४५
शुक्रबार, १५ साउन २०७८

श्रीलंकामा ७० को दशकमा लिट्टेले आफ्नो शिर उठाउँदै थियो । लिट्टे अर्थात् लिबरेशन टाइगर्स अफ तमिलले श्रीलंकामा एक स्वतन्त्र तमिल राष्ट्र बनाउनेगरी विभाजनकारी आन्दोलन चलाएको थियो । लिट्टे बिस्तारै हिंसात्मक र उग्र बन्दै गयो । १९८३ मा लिट्टेका मानिसहरुले जाफनामा १३ श्रीलंकाली सैनिकको हत्या गरे । यसकारण हिंसा थप बढ्यो । लिट्टे र श्रीलंकाली सेनाबीच लडाँइ चुलियो । अर्थात्, श्रीलंकामा गृहयुद्ध सुरु भयो । 

छिमेकी देशमा यस हिंसाको ठूलो असर देखियो । भारत पनि यसको प्रभावबाट मुक्त रहन सकेन । लाखौंको तमिल सर्वसाधारण समूद्रको बाटो हुँदै भारत आउन थाले । अर्कोतर्फ, लिट्टेले भारतका तमिलहरुसँग मिलेर अलग देश बनाउने अभियान पनि थालिसकेको थियो । अर्थात्, श्रीलंकाली गृहयुद्धको सिधा असर भारतमा परिसकेको थियो । 

१९८६ मा अवस्था अझै खराब भयो । तमिलहरुको गढ जाफनामा श्रीलंकाली सेनाले हमला ग-यो । कयौं सर्वसाधारण मारिए । भारतले जाफनामा घेरिएका तमिलहरुको सहायतका लागि सेना पठायो । यस अपरेशनलाई ‘पवन’ नाम दिइएको थियो । भारतले पहिले समूद्रको बाटो हुँदै मद्दा पठाउन चाहेको थियो, तर श्रीलंकाली सेनाले भारतीय सैनिकलाई रोक्यो । 

यसपछि चिढिएको भारतले हवाई बाटो हुँदै तमिलहरुका लागि राहत सहयोग पठाउने र यसमा भारतीय वायुसेना पनि संलग्न हुने घोषणा ग¥यो । भारतीय वायुसेनाको विमानमाथि हमला भएमा युद्ध सुरु गरिने पनि उसको चेतावनी थियो । 

भारतको यस्तो फैसलापछि श्रीलंका सरकारले लिट्टेसँग सम्झौता गर्ने घोषणा ग¥यो । जुलाई १९८७ मा भारतीय शान्ति सेना जाफनामा तैनाथ भयो । भारतीय सेनाको तैनाथीसँगै शान्ति सम्झौतामा हस्ताक्षर गर्नका लागि भारतका प्रधानमन्त्री राजिव गान्धी कोलम्बो पुगे । 

३० जुलाईमा राजिव गान्धीलाई गार्ड अफ अनर दिइँदै थियो । त्यतिबेला एक श्रीलंकाली सैनिक बिजिथा रोहन विजेमुनीले आफ्नो बन्दुक उनीविरुद्ध चलाए । विजिथा सिंहली समुदायका थिए र शान्ति सेना पठाउने राजिव गान्धीको निर्णयबाट उनी आक्रोशित थिए । राजिव गान्धी यही समय झुकेका कारण केही चोट लागेपनि बच्न सफल भए ।

शान्ति सम्झौतापछि १९९० मा भारतीय सेनाका जवान श्रीलंकामै बसे । यस अपरेशनमा भारतीय सेनाका १२ सय जवान सहिद भए । राजिव गान्धीको हत्याको कारण पनि यही फैसला थियो । श्रीलंकामा शान्ति सेना पठाउने भारतको निर्णयबाट लिट्टे पनि खुसी थिएन । १९९१ मा लिट्टेले एक आत्मघाती हमलामा राजिव गान्धीको हत्या ग¥यो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप