शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीले गरेनन् भन्ने दिन सकिए, काँग्रेसको महाधिवेशन सार्न पाइँदैन : गगन थापा

शुक्रबार, १५ साउन २०७८, १९ : ००
शुक्रबार, १५ साउन २०७८

सत्तारुढ नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती छुट नभएको बताएका छन् । अब केपी ओलीको आलोचना गर्ने दिन सकिएको थापाले बताएका छन् । साथै काँग्रेसको महाधिवेशन सार्न नपाइने थापाले पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् ।

वीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले केपी ओलीले यो गरेन र त्यो गरेन भन्ने दिन सकिएको बताए । अब काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने थापाले बताए । उनले भने ‘कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भन्ने दिन अब गए ।’

ओली नेतृत्वको सरकारले गएको साढे ३ वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको बताउँदै अब वर्तमान सरकारले देशलाई थितिमा ल्याउने काम गर्नुपर्ने थापाले बताए । थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । फरक प्रसंगमा उनले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव समेत दिए । नेता थापाले भने, ‘संविधानको सो व्यवस्थाअनुसार अव महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले उल्लंघन गर्न मिल्दैन ।’

फरक प्रसङ्गमा उनले पार्टीको आसन्न १४ औँ महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दबाब दिए । थापाले भने ‘पार्टीको महाधिवेशनको तिथि मिति धेरै तलमाथि गर्न पाइँदैन । संविधानको सो व्यवस्थाअनुसार अब महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले उलङ्घन गर्न मिल्दैन ।’

काँग्रेस नेता थापाले पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक नभएको बताए । पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको आरोप लगाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप