बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेगा बैंकको एकैदिन ६ वटा नयाँ शाखा विस्तार, थप १० वटा शाखाहरु विस्तारको क्रममा

शुक्रबार, १५ साउन २०७८, १३ : ३१
शुक्रबार, १५ साउन २०७८

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा १, वागमती प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो । 

प्रदेश नम्बर १ मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ । वागमती प्रदेशमा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ । यी शाखाहरुबाट बैंकिङ्ग कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप